काठमाडौं । काठमाडौंको टोखामा एक विभत्स घटना भएको छ । टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार सुर्खेत स्थायी घर भई टोखास्थित एक अपार्टमेण्टमा बस्ने श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी आफुले झुण्डिएर आत्महत्या गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान अगाडी बढेको प्रहरीको भनाई छ । उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएको बताइएको छ ।
समाचारमा जनाइ अनुसार गतराती ९ बजे प्रहरी उनीहरुको कोठामा पुग्दा उमेश बेडरुममा लडिरहेको अवस्थामा फेला परेका थिए । श्रीमती सुदिक्षा कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेकी हुन् । उमेशको शव नजिकै रगत लागेको सिलौटोसमेत फेला परेको र उनको कानबाट रगत बगेको देखिएको प्रहरीले जनाएको छ । पछिल्लो दिनमा नेपालमा पारिवारिक कलहका कारण यस प्रकारका अप्रिय घटना बढिरहेका छन् ।