तुवाँलोले ढाक्यो काठमाडौं, मास्कको अनिवार्य प्रयोग गर्न आग्रह

काठमाडौं । काठमाडौंं उपत्यकाको आकाशमा वायु प्रदूषण ह्वात्तै बढेको छ । शुक्रबार काठमाडौंको आकाशमा तुवालोसँगै धुवाँ भरिँदा प्रदुषण बढेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

वायुमण्डलमा धुलोसँगै धुवा पनि मिसिएका कारण आँखा पोल्ने समस्या समेत देखा परेको छ ।

देशका विभिन्न स्थानमा डढेलो लागेका कारण वायुमण्डलमा धुँवा मिसिएर तुवाँलो बनेको हुनसक्ने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

वायु प्रदूषणका कारण काठमाडौंको हावा घातक भएकाले अत्यावश्यक बाहेकका काममा घरबाहिर ननिस्कन र मास्कको अनिवार्य प्रयोग गर्न विभागले सचेत गराएको छ ।