२० जनाको मृत्यु र दुई दर्जनलाई घाईते पारेको टेक्ससको मास सुटिङ्को १३ घण्टापछि ओहायोमा पुन: अर्को मास सुटिङ् हुँदा ९ जनाको मृत्यु र १६ जना घाईते भएका छँन् । यो घटना अमेरिकामा घटेको २४ घण्टा भित्रको दोश्रो मास सुटिङ् हो भने एक हप्ता भित्रको तेश्रो घटना हो । अाईतबार बिहान डेटन वोरेगनस्थित डाउन टाऊनका बिभिन्न बार रेस्टुरेण्टमा अन्धाधुन्द गोली चलाईएको हो । वोरेगनका बार तथा रेस्टुरेण्टहरु सप्ताहन्तको रातमा ज्यादा ब्यस्त रहने गर्दछन् । प्रहरीका अनुसार पहिलो सुटिङ् रातको १ बजे शुरु भएको थियो भने गोली प्रहार गर्ने ब्यक्तीको प्रहरीको गोलीद्वारा मृत्यु भएको छ ।
अाईतबार बिहानै आयोजित पत्रकार सम्मेलनमा डेटनका मेयरले संचार माध्यमहरुलाई बताए अनुसार गोली प्रहार गर्ने ब्यक्तीले बडी आर्मर लागाएका थिए भने म्याग्जिन सहितको २२३ क्यालिबर बन्दुक चलाएका थिए ।