त्रिकोणात्मक सिरिजमा नेपाल र पिएनजी भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० श्रृंखलाको तेस्रो खेलमा आज नेपालले आज पपुवा न्यूगिनीसँग खेःदैछ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा १२ः३० बजे सुरु हुने कार्यक्रम छ । पीएनजीविरुद्ध नेपालले पहिलो खेलमा जित निकालेको थियो । यो खेल नेपालको ५० औं टी २० अन्तर्राष्ट्रिय समेत हो । सन् २०१४ मा बंगलादेशमा आईसीसी टी-२० विश्वकप क्रिकेटमा डेब्यु गरेको नेपालले त्यहाबाट यो यात्रा थालेको थियो ।

आज नेपालले पीएनजीलाई हराएमा एक खेल अगाडी नै फाइनल पुग्ने छ । पीएनजीका लागि भने फाइनल सम्भावना कायम राख्न नेपाल विरुद्धको खेल जित्नैपर्ने दवाव छ । नेपालले अहिलेसम्म खेलेका ४९ खेलमध्ये २७ खेल जितेको छ । २१ खेलमा हार व्यहोरेको छ । एक खेल नतिजा विहीन बनेको छ ।