त्रिदेशिय क्रिकेट सिरिज : नेपाल र मलेसिया भिड्दै

काठमाडौं । त्रिदेशीय टी ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आज नेपालले दोस्रो खेलमा मलेसियाको सामना गर्दैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो एक बजेबाट क्रिकेट शुरु हुनेछ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएका कारण उच्च मनोवलका साथ मैदानमा उत्रने छ । मलेसिया भने आइतबार नेदरल्याण्ड्ससँग १५ रनले हारेको छ । यद्दपी मलेसियाले ब्याटिंगमा राम्रो प्रदर्शन गरेको थियो । तीन मुलुक सहभागी रहेको यो प्रतियोगितामा सबै टोलीले एक अर्को विरुद्ध दुई दुई खेल खेल्नेछन् ।