थप १०५६ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ६ हजार २ सय ८६ जनाको पीसीआर परीक्षणमा १०५६ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४४ हजार ४३३ रहेको छ । थप १४८३ जना संक्रमण मुक्त भएका छन् ।

संक्रमित मध्ये संक्रमित मध्ये २ लाख ३० हजार ५३७ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १२ हजार २४५ जना रहेको छ ।

प्रदेश १ को इलाममा ६, उदयपुरमा २, ओखलढुंगामा २, झापामा २५, धनकुटामा १, पाँचथरमा ४, भोजपुरमा १, मोरङमा ५५, संखुवासभामा ९, सुनसरीमा ७५ र सोलुखुम्बुमा ३ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा ५, पर्सामा १, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा २ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय १२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १८, चितवनमा ६९, दोलखामा १०, धादिङमा १८, नुवाकोटमा १, भक्तपुरमा ६९, मकवानपुरमा ६, रसुवामा २, रामेछापमा ४, ललितपुरमा १ सय १३ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ९७, गोरखामा ६, तनहुँमा ८, नवलपरासी पूर्वमा २४, पर्वतमा २, लमजुङमा ७, बागलुङमा ११ र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, गुल्मीमा १४, दाङमा १५, नलवपरासीमा ६, पाल्पामा १५, प्यूठानमा १, बर्दियामा १४, बाँकेमा ३६, रोल्पामा १ र रुपन्देहीमा ५१ जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेशको कालिकोटमा १, रुकुम पश्चिममा ३, सल्यानमा १, सुर्खेतमा २ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ७, कञ्चनपुरमा २८, कैलालीमा ६२, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा ८, बाजुरामा २ र बैतडीमा ३ कोरोना भेटिएको छ।