काठमाडौं । नेपालमा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २६४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ६ सय पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या २ हजार ४ सय ८९ रहेको छ ।
प्रदेश १ को तेह्रथुममा १ र सुनसरीमा ४ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को बारा र महोत्तरीमा १÷१ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ७० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५, चितवनमा १६, धादिङमा १, नुवाकोटमा ५, भक्तपुरमा ५, मकवानपुरमा १ र ललितपुरमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा २, तनहुँमा २, म्याग्दीमा १, लमजुङमा २ र बागलुङमा २ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, गुल्मीमा २, पाल्पामा २, बाँकेमा २ र रोल्पामा १ जनामा कोरोना पाइएको छ। गत २४ घण्टामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको कुनै पनि जिल्लामा कोरोना नभेटिएको मन्त्रालयले जनाएको छ।