थप १७०३ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति भेटिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १७०३ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २९ हजार ३४३ रहेको छ । थप १२३६ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये २ लाख १० हजार ६ सय ७१ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।

पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १४३५ पुगेको छ ।

प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ९६, ताप्लेजुङमा २, धनकुटामा १, पाँचथरमा २, भोजपुरमा २, मोरङमा १ सय ९, संखुवासभामा १ र सुनसरीमा ३९ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा ११, पर्सामा ९, बारामा ६, महोत्तरीमा ४, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा ६ र सिरहामा ९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ९९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २८, चितवनमा २५, दोलखामा १०, धादिङमा ७, नुवाकोटमा १६, भक्तपुरमा ६३, मकवानपुरमा २१, रसुवामा १, ललितपुरमा १ सय ६०, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ५४, गोरखामा ८, तनहुँमा १५, नवलपरासी पूर्वमा ४, पर्वतमा १०, लमजुङमा ५ र स्याङजामा १० जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ११, गुल्मीमा ११, दाङमा ४५, नलवपरासीमा १५, पाल्पामा १७, प्यूठानमा ३, बर्दियामा २३, बाँकेमा २६, रोल्पामा २ र रुपन्देहीमा ७० जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा ४, जुम्लामा ९, दैलेखमा ८, मुगुमा २, रुकुम पश्चिममा १, सल्यानमा ६ र सुर्खेतमा ४ मात्र कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ८, कञ्चनपुरमा १२, कैलालीमा ३७, डडेल्धरामा ६, डोटीमा १, दार्चुलामा १, बझाङमा ८ र बैतडीमा ११ जनामा कोरोना भेटिएको छ।