थ्री नेसन्स कप : बंगलादेशको विजयी शुरुवात

Photo : goalnepal.com

काठमाडौं । बंगलादेशले मंगलबारबाट काठमाडौंमा शुरु भएको थ्री नेसन्स कप फुटबलमा विजयी शुरुवात गरेको छ । कीर्तिस्तानलाई १–० गोल अन्तरले हराउँदै बंगलादेशले सुखद शुरुवात गरेको हो ।

कीर्तिस्तानले गरेको आत्मघाती गोल नै बंगलादेशको जितका लागि निर्णायक बन्यो । कीर्गिस्तानका कुमारबाज उलु बेइमनले ३० औं मिनेटमा आफ्नै पोष्टमा गोल छिराएका थिए । त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन् ।


अब दुबै टोलीले नेपालसँग खेल्ने छन् । तीन टिमबीच सिंगल राउण्ड रोविन लिगको खेलपछि शीर्ष दुई टीम फाइनल पुग्ने छन् । नेपालको पहिलो खेल बिहीबार कीर्गिस्तानसँग रहेको छ ।