काठमाडौं । तिहार (यमपञ्चक)का दिन रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला रहने भएको छ । यो मन्दिर भूकम्पपछि लगातार बन्द थियो । पछिल्लो दुई वर्ष भने कोरोनाका कारण बन्द भएको थियो । यो वर्ष भने मन्दिर सर्वसाधारणका लागि खुला भएको छ । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु भइसकेको छ । दिदीबहिनी वा दाजुभाई नहुनेले यहाँ पुगेर टिका लगाउन सक्छन् । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजका दिनमात्र खुल्छ ।
दाजुभाई-दिदीबहिनी नहुनेका लागि दिनभर खुल्नेछ रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर
