मान्छे संसार जित्न कोशिस गर्ने प्राणी हो । सफलता हासिल गरेर शिखर चुम्ने प्राणी पनि हो – मानव । जंगली युगलाई आजको बिज्ञान र प्रबिधिको युगमा ल्याउने पनि मानिस नै हो । तर के गर्नु जे नै गरे पनि, जसो नै गरे पनि भाग- भोग सकिएको दिन यो भौतिक शरीर छाडेर जानै पर्छ । न स्वस्थ छु भनेर हुने, न घरको बेड रुममा सुतेको छु यहाँ त मर्दिन भन्न पाउने ! न भुँईचालो नै आउनु पर्ने न पहिरो नै जानु पर्ने ! भाग-भोग सकिएको दिन घर भित्र सुतिरहेको समयमा बाटोमा हिंडिरहेको गाडी घरको भित्ता छेडेर ओछ्यान मै आएर पनि मानिसको मृत्यु हुँदो रहेछ ।
हो यस्तै घटना घटेको छ न्युजर्सीस्थित ब्रिक सिटीको ड्रम पोईन्ट रोडमा । गत मंगलवार ८६ बर्षीय एक बृद्धले चलाएको पिक अप ट्रकले सन्तुलन गुमाउँदा नजिकैको घरलाई हिर्काउन पुग्यो र घरको भित्ता प्वाल पारेर भित्र पस्यो । बिहान ९ बजे आरामसँग ओछ्यानमा सुतेकी महिलाको तत्काल नै मृत्यु भयो । घटनामा ५५ बर्षीया बार्बरा एनी फिलनको आफ्नै घर भित्र सुतिरहेको अवस्थामा गाडी छिरेर मृत्यु भएको हो । घटनाको समयमा मृतक महिला बाहेक उनका पति र छोरा समेत घर भित्र भए पनि उनिहरुलाई भने कुनै चोट लागेन ।
घटना लगतै गाडी चालक विलियम म्याकएभेलाई सुरक्षा अधिकारीले मादक पदार्थ सेवन गरेको थियो वा गाडी चलाऊने क्रममा फोनमा कुरा वा टेक्स्ट मेसेज लगायतका अन्य गतिबिधिमा संलग्न भए नभएको निश्चित गर्न लगिएको न्युयोर्कस्थित ए बि सि ७ ले जनाएको छ ।
दिन आएपछि यसरी पनि मृत्यु
