काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्याउने निर्णय गरेको हो । किसानले पाउने दूधको मूल्य लिटरमै ९ रुपैयाँले बढाउने निर्णय भएको हो । किसानको लागत बढेको भन्दै मूल्य बढाउन कृषि मान्त्रालयबाट आएको प्रस्ताव पछि सरकारले यस्तो निर्णय गरेको हो । अब किसानले बिक्री गर्ने दूधको न्यूनतम मूल्य प्रतिलिटर ६५ रुपैयाँ पुगेको छ ।
अहिले सरकारले वृद्धि घोषणा गरेको मूल्य किसानले पाउने मूल्य भएको र यसैको आधारमा अब कृषि मन्त्रालय मातहतको दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य तोक्ने छ । गत २७ माघ २०७८ मा तत्कालित देउवा सरकारले दूधको मूल्य कम्तीमा ६ देखि १४ रुपैयाँसम्मले बढाएको थियो ।