दोस्रो मैत्रिपूर्ण फुटबलमा नेपाल र बंगलादेशले बराबरी खेले

Photo : Dhaka Tribune

ढाका । नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुंगिएको छ । मुजिबुर बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिजको आज दोस्रो खेल सम्पन्न भयो जसमा कुनै पनि टोलीबाट गोल हुन सकेन ।

शुक्रबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेल भने बंगलादेशले २, ० गोलले आफ्नो पक्षमा पारेको थियो । दुई खेलको सिरिजको उपाधी भने घरेलु टोली बंगलादेशले जितेको छ । उसले ट्रफी समेत उचाल्यो ।

पहिलो खेलको तुलनामा नेपालले दोस्रो खेलमा सुधारिएको प्रदर्शन गरेको छ । डिफेन्स शतप्रतिशत सफल भएको यो खेलमा पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा नेपालले खेल बराबरीमा टुंग्याएको हो ।


आज नेपालले ३ युवा खेलाडीलाई राष्ट्रिय टीममा डेब्यु गराएको छ । डिफेण्डर छिरिङ गुरुङ र मिडफिल्डरद्वय पुजन उपरकोटी तथा सेसेहाङ आङदेम्बेलाई राष्ट्रिय टिममा डेब्यु गराइएको हो ।