दोस्रो मैत्रीपूर्ण खेलमा आज नेपाल र मरिसस भिड्दै

काठमाडौं । नेपाल र मरिससबीच मंगलबार दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल हुँदैछ । खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुँदैछ । यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपाल विजयी भएको थियो । नेपाललाई जित दिलाउन विमल घर्तीमगरले गरेको गोल निर्णय बनेको थियो । प्रशिक्षक अबदुल्लाह अलमुताइरीले आज दुई खेलाडी परिवर्तन गरेका छन् । अनन्त तामाङ र प्रशान्त अवस्थीलाई रिप्लेस गर्दै उनले दर्शन गुरुङ र मनिष डाँगीसहितको टीम घोषणा गरेका छन् । मैत्रिपूर्ण खेलमा प्रशिक्षकले धेरै खेलाडीलाई अवसर दिइरहेका छन् ।