धरान । धरानमा प्रहरी चौकीमा स्थानीय युवाहरुका दुई समूह ग्याङ फाइट भएको छ । फाइट छुट्याउन खोज्दा तीन प्रहरी घाइते भएका छन् । दुई समुहबीच प्रहरी चौकी भित्रै खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एउटा समूह उजुरी लेख्न आएको समयमा अर्को समुहले चौकी मै आक्रमण गर्न आएको थियो । त्यसलाई रोक्न खोज्दा चौकीका इन्चार्ज घाइते भएका छन् ।
अस्थायी प्रहरी चौकी, धरान १५ मा यो घना भएको हो । आक्रमणबाट चौकीका इञ्चार्ज असई सुमन दाहाल घाइते भएका छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार जारी छ । अन्य दुई प्रहरी जवान सामान्य घाइते भएको जनाइएको छ । घटनापछि युवाहरु भागेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।