धर्मका नाममा पाकिस्तानमा एक श्रीलंकन नागरिकको जघन्य हत्यापछि विश्वभर निन्दा

REUTERS

पन्जाब । पाकिस्तानको पन्जाबस्थित सियालकोट शहरमा एक श्रीलंकन नागरिकको जघन्य हत्या भएको छ । उनीमाथि इश्वर निन्दाको आरोप लगाएर उत्तेजित भिडले आक्रमण गरेको थियो । उनको हत्यापछि शव जलाउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । यो घटनापछि पाकिस्तानको मुलुकभित्र र बाहिरबाट व्यापक निन्दा भइरहेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान ख़ानले पाकिस्तानका लागि यो दिन लज्जित दिन रहेको बताएका छन् ।

शुक्रवार सियालटकोटको एक उद्योगमा काम गरिरहेका श्रीलंकाली नागरिक प्रियांथा कुमारालाई भिडले हत्या गरेको थियो । उनी म्यानेजर पदमा कार्यरत थिए । खासगरि पाकिस्तानमा इस्लाम कट्टरवादका विषयलाई निकै चिन्ताका रुपमा हेरिएको छ । पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीले दुखद: दिनको संज्ञा दिएका छन् ।