नवलपुर । नवलपुर (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नम्बर ८ मा भित्री सडकमा गएराति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा कावासोती नगरपालिका वडा नम्बर ३, बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती ८, बस्ने २६ वर्षीय सुनिल जैसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाएको बताइएको छ ।