निर्मला पन्त हत्याकाण्डको तीन वर्ष पुरा, दोषि पत्ता लगाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । १३ वर्षिय बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको आज तीन वर्ष पुरा भएको छ । तर, दोषि पहिचान गरि कारवाही गर्न नसक्दा आफन्तले न्याय पाउने आशा भने मारिसकेका छन् । कन्चनपुरको यो घटनालाई तत्कालिन प्रतिपक्षीका रुपमा शेरबहादुर देउवाले निरन्तर खबरदारी गरेका थिए । अब भने उनी स्वयमः प्रधानमन्त्रीको कुर्सीमा छन् , दोषि पत्ता लगाएर कारवाही गर्ने जिम्मेवारी उनको काँधमा आएको छ ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् । आइतबार गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर उनले यस्तो निर्देशन दिएका छन् । उनले यस घटनामा भएको अनुसन्धानबारे जानकारी समेत लिएका छन् । कञ्चनपुरकी निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएको थियो ।