निषेधाज्ञाका कारण चिनियाँ खोप वितरण स्थगित

Photo : BBC

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएसँगै नेपालमा चिनियाँ खोप वितरण बन्द गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते (बिहीबार)देखि स्थगित गर्ने निर्णय गरेको हो। वैशाख १६ गते समेत खोप काठमाडौंमा निरन्तर संचालन गर्ने भनिएको थियो । तर, निषेधाज्ञा शुरु भएसँगै खोप अभियान स्थगित गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले सूचना जारी गरी यसबारे जानकारी गराएका छन् । यद्दपी उनले खोप अभियान किन स्थगित भयो भन्ने चाँही खुलाएका छैनन् । भेरोसेल खोपको आठ लाख डोज चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको हो ।

दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन शुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइएको थियो ।