नेकपा एमाले बूढानीलकण्ठ ११ को अध्यक्षमा कृष्ण प्रसाद भट्टराई, को को बने पदाधिकारी ?


अमृता के सी ( रोनी )
काठमाडौँ, कात्तिक ६ । नेकपा एमाले बूढानीलकण्ठ ११ वडा कमिटीको अध्यक्षमा कृष्ण प्रसाद भट्टराई निर्वाचित भएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा.राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न वडा अधिवेशनले कृष्ण प्रसाद भट्टराईलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो। शनिबार भएको वडाको अधिवेशनले भट्टराईको नेतृत्वमा ३१ सदस्य कमिटी चयन गरेको हो ।

को – को बने प्रतिनिधि ?
अध्यक्ष:-कृष्ण प्रसाद भट्टराई
उपाध्यक्ष:- प्रकाश कटुवाल
सचिव:- अंगुर पौडेल
उप सचिव:-भोलानाथ दाहाल र अनिता सापकोटा नेपाल
सदस्य:-गीता मिश्र पुडासैनी ,महेश्वर खड्का, ज्ञान प्रसाद पोखरेल, भवानी भट्टराई देउजा, सरस्वती न्यौपाने, टेकबहादुर गुरुङ, रत्न नगर्ची दर्जी, तोयानाथ खतिवडा, सुर्य बहादुर लामा, तेज कुमारी बोगटी, राजु पौडेल, बिष्णु माया खड्का, दिल बहादुर कार्की, रामकृष्ण मैनाली गीता ज्ञवाली रवीदेबी गोदार, सुशिला सुनार, गोपाल मोक्तान, मनबहादुर प्रजा ,समिर लामा, दिलिप राउत क्षेत्री, डिल्ली प्रसाद ओली, बर्षा सुनार, स्वस्तिका सुनार, र महेश्वर केसी सदस्यमा निर्वाचित भएका छन्। उक्त अधिवेशनमा प्रदेश कमिटी सदस्यहरु उद्दव खरेल, मिठाराम अधिकारी र संगम गहतराजको उपस्तिथि रहेको थियो।