काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रिय सदस्य नवीन्द्रराज जोशीको निधनपछि आज नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा बोलाइएको हो ।
शुक्रबार राति केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएको थियो । कांग्रेसले राति नै बैठकबारे सूचना सर्कुलर गरेको थियो । नेता जोशीको पार्थिव शरीर आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ । त्यहाँ नेताहरु पुगेर उनीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्ने भएका छन् ।