नेपालको पहिलो इ–पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) सार्वजनिक गरेको छ ।

बुधबार विभागमै एक कार्यक्रमको आयोजना गर्दै परराष्ट्र मन्त्री नारायण खड्काद्वारा शताब्दी पुरूष सत्यमोहन जोशीलाई साधारण इ–पासपोर्ट हस्तान्तरण गरिएको थियो ।

जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताए।

साथै, जोशीले सरकारलाई सफलताको शुभकामना समेत दिदै राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व रहने उनले उल्लेख गरेका थिए ।

परराष्ट्र मन्त्री खड्काले शताब्दी पुरुष जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्न पाउदा आफुलाई गौरब लागेको बताएका थिए ।