काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८२१ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ । थप ८४२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त मुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ ।
हाल संक्रिय संक्रमितको संख्या १० हजार ९५५ जना रहेको छ ।
प्रदेश १ को इलाममा ७, उदयपुरमा १, ओखलढुंगामा २, खोटा«मा १, झापामा २६, ताप्लेजुङमा १, तेह्रथुममा २, धनकुटामा १, पाँचथरमा २, मोरङमा ५५, सोलुखुम्बुमा ३ र सुनसरीमा ३३ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धुनषामा १, पर्सामा २, बारामा ४, महोत्तरीमा ३, रौतहटमा १, सिरहामा ३ र सप्तरीमा १ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १०, चितवनमा २७, धादिङमा ५, नुवाकोटमा १, भक्तपुरमा ३४, मकवानपुरमा ९, रसुवामा १, ललितपुरमा ५३, सिन्धुलीमा ६ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७३, गोरखामा ३, तनहुँमा ५, नवलपरासी पूर्वमा ८, पर्वतमा १, लमजुङमा १ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा १२, गुल्मीमा १, दाङमा १५, पाल्पामा ७, प्यूठानमा ३, बर्दियामा ९, बाँकेमा १०, रोल्पामा २ र रुपन्देहीमा ३५ जनामा कोरोना पाइएको छ।
कर्णाली प्रदेशको जुम्लामा १, दैलेखमा १ र सुर्खेतमा ३ जनामा कोरोना भेटिएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १३, कञ्चनपुरमा ८, कैलालीमा ४६, डडेल्धुरामा २, बझाङमा ५ र बाजुरामा १ कोरोना भेटिएको छ।