काठमाडौं । नेपालमा कारोना भाइरसको ओमिक्रोन भेरिएन्टको नयाँ सब भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो।
प्रयोगशालाका नमुनामा ओमिक्रोन (जेएन.१) २ नमुनामा, ओमिक्रोन (बीए.२), १२ नमुनामा, ओमिक्रोन (केपी.१) १७ नमुनामा, ओमिक्रोन (केपी.२) एक नमुनामा र ओमिक्रोन (केपी.३) (केपी.४) क्रमशः १ नमुनामा भेटिएको हो।
छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको थियाे। तर, हाल विश्वमा महामारीको रूपमा देखिन थालेकाे नयाँ भेरिएन्ट “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको छ।