जनकपुरधाम । सोमबार राती धनुषामा एक जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । यससँगै अब नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८० पुगेको हो । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको कोरोना लागेर ज्यान गएको हो ।
अस्पतालका अनुसार उनी १८ दिनदेखि आईसीयूमा उपचारार्थ थिए । क्षयरोग र निमोनियाको समस्याबाट ग्रसित रहेका उनको ट्राभल हिस्ट्री भने नखुलेको अस्पतालको भनाई छ । उनको शव सेनाले व्यवस्थापन गर्नेछ । उनको निधनसँगै धनुषामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । देशभर भने ८० पुगेको हो । नेपालमा साउनयता संक्रमण र मृत्युदर दुबै बढेको छ ।