काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टामा उक्त संख्यामा मानवीय क्षति भएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८६७५ पुगेको छ । नेपालमा मृत्युदर १.६ प्रतिशत रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कुल २४०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो अवधिमा कुल ११ हजार ६ सय ९६ वटा परीक्षण भएको थियो । अब नेपालमा कुल संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ३६६० जनाले कोरोनालाई जित्न सफल भएका छन् । यससँगै कोरोनालाई जित्नेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ रहेको छ । नेपालमा निको हुनेको दर ८९.३ प्रतिशत रहेको पाइएको छ ।
्र