नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४२ पुग्‍यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको हो ।

पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत मृतक महिलालाई ग्रान्डी अस्पतालमा ल्याइएको थियो ।

त्यसपश्चात मृतक महिलालाई ग्रान्डी अस्पतालबाट त्रिवि शिक्षण अस्पतालमा ‘रिफर’ गरिएको थियो । नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो पटक हो । कुल संक्रमितमध्ये ४२ जनाको मृत्यु भएको छ।