नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड, ५४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०७० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० जना पुगेको छ । पछिल्लो २४ घण्टामा २७०७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ९२ हजार ४९० जना पुगेको छ । ५४ जना संक्रमितको मृत्यु भएको छ । यो सहित मृतकको संख्या ३५२९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ ।