न्युयोर्क
मोटर साईकलमा यात्रु ओसार पसार गर्ने ‘पठाओ’ का एक संस्थापक सदस्य फहिम सलेहको मृत शरीर न्युयोर्क सहरको लोअर ईष्ट साईडको एक सुबिधा सम्पन्न अपार्टमेन्टमा सोमबार भेटिएको अमेरिकास्थित मुलधारका संचार माध्यमले जनाएका छन् । युवा उद्यमी फहिमले नाईजेरियाको लागि ‘गोखडा’ एप्स बनाएर संचालनमा ल्याएका थिए भने नेपाल र बंगलादेशमा ‘पठाओ’ चर्चित छ ।
फहिमलाई अन्तिम पटक उनी बस्ने अपार्टमेण्ट भवनको एलिभेटरबाट मास्क लगाएको अर्को एक जनासँग एलिभेटर चढ्दै गरेको सिसिटिभी फुटेजमा देखिएको संचार माध्यमहरुले जनाएका छन् ।
३३ बर्षीय बंगलादेशी आप्रबासी फहिमले पहिलो ब्यवसाय माध्यामिक शिक्षा लिंदादेखि सुरु गरेका थिए । उनी आबद्ध कम्पनीले बुधबार ट्विटर मार्फत समबेदना ब्यक्त गरेको छ । घटनामा संलग्न संकास्पद कोही पनि हालसम्म पक्राऊ नभएको प्रहरी श्रोतले जनाएको छ ।