काठमाडौं । नेपालमा थप ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको परीक्षणमा उक्त संख्यामा संक्रमित पुष्टी भएको हो । अब नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार १७८ पुगेको छ।
पछिल्लो २४ घन्टामा ७२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार २४९ पुगेको छ। पछिल्लो २४ घण्टमा थप दुई जनाको कोरोनाबाट मृत्यु भएको छ। योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१४ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।