नेपालमा थप ११९७ जनामा कोरोना पुष्टी, २९४३ जनाले जिते

काठमाडौं । नेपालमा थप ११९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अपडेट अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् । २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण भएको छ । तिहारको अवसर भएका कारण परीक्षण भने घटेको छ ।

अब देशभर कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ । १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९४३ जना क्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । अब देशभर ३३ हजार ३७९ संक्रिय संक्रमित रहेको तथ्यांक छ ।