काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षणमा थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४४ हजार ३३६ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १३५४ कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २५ हजार ५ सय ६१उपचारपछि निको भएका छन्।