नेपालमा थप १३८० जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३८० जनामा कोरोना संक्रमण देखिएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३० हजार ७२३ रहेको छ । थप ५१५ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये २ लाख ११ हजार १ सय ८६ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ ।

पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १४५४ पुगेको छ ।

कुन जिल्लामा कति ?

प्रदेश १ को इलाममा २, उदयपुरमा २, ओखलढुंगामा ६, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा ३, पाँचथरमा ६, भोजपुरमा ३, मोरङमा ४१, संखुवासभामा १ र सुनसरीमा ५९ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा ११, पर्सामा १, बारामा १, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा ७, सर्लाहीमा ६ र सिरहामा ९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ८५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १९, चितवनमा १३, दोलखामा ९, धादिङमा १५, नुवाकोटमा १८, भक्तपुरमा ३६, मकवानपुरमा १५, रामेछापमा ६, ललितपुरमा १ सय २४, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १ सय १८, गोरखामा १३, तनहुँमा २२, नवलपरासी पूर्वमा १, पर्वतमा २, मुस्ताङमा २, म्याग्दीमा ३, लमजुङमा २४ र स्याङजामा १७ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा १३, गुल्मीमा ८, दाङमा ४, नलवपरासीमा १७, पाल्पामा १५, प्यूठानमा ३, बर्दियामा १३, बाँकेमा ३७, रोल्पामा १ र रुपन्देहीमा ५८ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा १ जनामा मात्र कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशको अछाममा ४ र डडेल्धरामा ४ जनामा कोरोना भेटिएको छ।