नेपालमा थप ३०२ जनामा मा कोरोना संक्रमण, ४८० निको भए, ७ को मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ५४५ पीसीआर परीक्षण गर्दा ३०२ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ भने आज सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४८० जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमितको निधन भएसँगै अहिलेसम्म निधन हुनेको संख्या १ हजार ९८६ पुगेको छ।
कुन जिल्लामा कति थपिए
प्रदेश १ को इलाममा १, झापामा १, भोजपुरमा २ र मोरङमा ३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को पर्सामा १, बारामा ३ र सिरहामा ३ जनामा कोरोना भेटिएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ९० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा ४२, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा ९, मकवानपुरमा ४, रामेछापमा १, ललितपुरमा १३ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४४, गोरखामा १, तनहुँमा २, नवलपरासीमा पूर्वमा ८, पर्वतमा ५, म्याग्दीमा २, लमजुङमा २ र वागलुङमा ४ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको कपिलवस्तुमा १, गुल्मीमा ३, दाङमा १, पाल्पामा २, प्यूठानमा १, बाँकेमा १८ र रुपन्देहीमा १० जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको डोल्पा र सुर्खेतमा १÷१ जनामा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १५ जनामा मात्र कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।