काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १६ हजार ५३१ जनाको पीसीआर परीक्षणमा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३५२२ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।
देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।