नेपालमा थप ९६ जना कोरोना संक्रमितको निधन, मृतकको संख्या ७ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९६ जना कोरोना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९६ जना कोरोना संक्रमितको निधन भएको हो । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।