काठमाडौं । नेपालमा होटेल तथा रेष्टुरेन्ट २४ सै घण्टा चलाउन गृह मन्त्रालय तयार भएको छ । स्वयमः गृहमन्त्री बालकृष्ण खाणले यस्तो जानकारी गराएका हुन् । व्यवसायीले भने लामो समयदेखि रात्रिकालिन व्यवसाय संचालनको वातावरण बनाउन माग गरिरहेका थिए । गृहमन्त्री खाणले करको दायरामा आएका होटल तथा रेष्टुरेन्टलाई २४ सै घण्टा खुला राख्न उपयुक्त हुने बताए । सोमबार अर्थ मन्त्रालयमा पुँजीगत खर्च सम्बन्धी अन्तर–मन्त्रालय छलफलका क्रममा गृहमन्त्री खाँणले यस्तो प्रस्ताव गरेका हुन् ।
यसबाट व्यवसाय फस्टाउने र राजस्व समेत वृद्धि हुने उनको भनाइ छ । यस प्रयोजनका लागि सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय तयार रहेको समेत गृहमन्त्री खाणले बताए । नेपालमा ठमेल, पोखराको लेकसाइट तथा चितवनको सौराहमा अबेर सम्म पर्यटक सडकमा बस्न रुचाउँछन् । पछिल्लो समय नगरकोट, धुलिखेलसहितका क्षेत्र समेत चलायमान भएका छन् ।
तर, रातीमा व्यवसाय संचालन गर्न प्रशासनले रोक लगाउने गरेको छ । यसबाट पर्यटकको गतिविधिमार्फएत हुने आम्दानी घटेको हो । कोरोना महामारीका कारण समस्यामा परेको व्यवसायलाई अगाडी बढाउन यो नियम कार्यान्वयनमा ल्याउन व्यवसायीले माग गरिरहेका छन् ।