काठमाडौं । नेपालमा १३ लाख १३ हजार जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आज कोरोना खोप अभियानको छैठौं दिन हो । सोमबारसम्म ७७ जिल्लाका १ सय ९१ खोप केन्द्रबाट उक्त संख्यामा मानिसले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज मात्र २५ हजार १ सय ६८ जनाले लगाए । पहिलो दिन ९ हजार ८४, दोस्रो दिन १९ हजार ६ सय ४८, तेस्रो दिन १७ हजार ४ सय ६५,चौथो दिन १४ हजार ८ सय ९४, पाँचौ दिन २३ हजार ५ सय ८५ जनाले कोरोनाको खोप लगाएका थिए।
आज प्रदेश १ मा १५ हजार ३ सय २९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २ सय ७२, गण्डकीमा १३ हजार ९ सय २२, लुम्बिनीमा १४ हजार ६ सय ४०,कर्णालीमा ६ हजार १ सय ३१ र सुदूरपश्चिममा ७ हजार ८ सय ५७ ले खोप लगाए ।
यो खोप भारतले अनुदानमा दिएको हो । १० लाख डोज खोप कोरोना विरुद्ध फ्रन्टलाइनमा खटिनेले पाएका छन । पहिलो चरणमा ५ लाख मानिसले खोप प्राप्त गर्नेछन् । थप ५ लाख भने उनीहरुको दोस्रो डोजमा प्रयोग हुनेछ ।