काठमाडौं । सरकारले नेपाल भित्रै रेल चलाउने तयारी गरिरहेको छ । भारत सरकारसँग दुई रेल सेट खरीद प्रक्रिया अगाडी बढाएको सरकारले उक्त प्रक्रिया टुंग्याउन लागेको हो ।
नेपालले भारतसँग खरीद गरेको रेल दुई महिना भित्रै नेपाल ल्याउने तयारी छ ।
डिजेल, इलेक्ट्रिक, मल्टिपल युनिट प्रविधिमा चल्ने एक सेट रेल पाँच डिब्बावाला रहने विभागको भनाई छ ।
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको संचालनको वातावरण शुरु भएको यसका लागि नेपाल सरकारले सरकारले रेल्वे कम्पनीलाई समेत सक्रिय बनाउने प्रक्रिया थालेको छ ।
कम्पनीमा कम्पनीमा दक्ष प्राविधिक, रेल चलाउने चालकसहित २ सय कर्मचारी रहने प्रस्ताव गरिएको छ ।
नाम मात्रको रेल्वे कम्पनीलाई ब्यूताएर सक्रिय बनाइने विभागको भनाई रहेको छ । कम्पनीमा सञ्चालन, मर्मत, प्रशासन, लेखाजस्ता क्षेत्रमा कर्मचारीको माग गरिएको छ ।
रेलको सेट आइपग्दा कर्मचारी संरचना तयारी गरी संचालनमा ल्याउने तयारी गरिएको छ । एक पटकमा १२ सय यात्रु बोक्न सक्ने गरी रेल संचालन हुने भएको छ ।
पहिलो चरणमा छोटो रुट भएपनि आगामी फागुनसम्म कुर्थादेखि बिजलापुर खण्डको निर्माण काम सकिने बताइएको छ । त्यसपछि यो रेलमार्ग ५२ किलोमिटर हुने छ ।
यो रेलमार्ग भारत सरकारकै सहयोगमा निर्माण भइरहेको छ ।