नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ (ख) को सभापतिमा रामप्रसाद लुइँटेल, को-को बने पदाधिकारी ?


अमृता के सी ( रोनी )
काठमाडौँ, मंसिर ३। नेपाली काँग्रेस काठमाडौं १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्र नं ४ ( ख ) को सभापतिमा रामप्रसाद लुइँटेल निर्वाचित भएका छन्।

बूढानिलकण्ठ नगरपालिका वडा नं १० मा भएको अधिवेशनले लुइँटेललाई सभापति सहित कार्यसमितिको उप सभापतिमा श्यामकृष्ण श्रेष्ठ र दिलिप खत्री, सचिवमा मनोज सिग्देल र अम्बिका राना, सहसचिवमा मदनदास श्रेष्ठ र प्रमोद अधिकारी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा शर्मिला कार्की चयन भएकी छिन्।

त्यसैगरी प्रदेश प्रतिनिधिहरुमा: शर्मिला कार्की,बाबुराम लामा, सानुकान्छा श्रेष्ठ, ध्रुव खड्का, रेखा परियार, ज्ञान माया श्रेष्ठ, गोकुल बरुवाल, बिष्णु माया खत्री, सन्तोष खड्का, खिला नाथ सापकोटा,नारद प्रसाद भण्डारी, संजय अर्याल, बिशु प्रकाश के.सी., शशी प्रसाद शर्मा, केशव ढकाल, कान्ता दाहाल, सुलोचना पौडेल र हरीरत्न श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।