नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ ( क) को सभापतिमा श्रीराम चालिसे निर्वाचित


अमृता के सी ( रोनी )
काठमाडौँ, मंसिर ४ ।नेपाली काँग्रेस काठमाडौं १४ औं अधिवेशन अन्तर्गत क्षेत्र नं ३ ( क) को सभापतिमा श्रीराम चालिसे निर्वाचित भएका छन् । उक्त अधिवेशनमा चालीसेको प्यानल विजयी भएको छ। चालिसेको प्यानलबाट उपसभापतिमा केशव प्रसाद पुडासैनीले र पविन भट्ट निर्वाचित भएका छन् भने सचिवमा पनि सोहि प्यानलका ईश्वर पुडासैनी र राजेश थापा, सह सचिवमा लक्ष्मी पुडासैनी (दुर्गा) र गंगा लामा निर्वाचित्व बनेका छन् ।

शुक्रबार सम्पन्न अधिवेशनमा सभापतिमा विजयी बनेका चालिसेले ७६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी चन्द्रदिप लामा ( काजु )ले ५३ मत प्राप्त गरेका थिए।