विश्व न्यूज संवाददाता
टेक्सस ।
नेपाली समाज टेक्ससले संचालन गर्दै आएको नेपाली पाठशाला अव देखि निशुल्क रुपमा संचालन गर्ने भएको छ ।
नेपाली बालबालिकालाई नेपाली भाषााप्रति जानकार गराउने उद्देश्यले संचालन भैरहेको पाठशालालाई निशुल्क रुपमा गर्दा अझ प्रभावकारी बन्ने अपेक्षा समाजले राखेको छ । पाठशाला संचालन गर्दा केही खर्च लाग्ने भएपनि त्यसलाई आन्तरिक स्रोतवाट व्यवस्थापन गरिने समाजले जनाएको छ ।
हामीले हाम्रो भाषा संस्कृति जोगाउने कुरा गरिरहेका छौं, यसका लागि पाठशाला चलाएका छौं । यसलाई स्वयंसेवी ढंगले सहयोग संकलन गरी अघि बढाउनुपर्दछ भन्ने हामीलाई लागेको छ । महासचिव भक्त भण्डारीले भने विद्यार्थी र अभिभावकलाई भर्ना शुल्क दिन बाध्य पार्नु राम्रो हुदैंन भन्ने हामीलाई लागेर निशुल्क गराएका हौं ।
पूर्वाधारको अभावले गर्दा सिमित सिटका लागि बालबालिकालाई लिएर पाठशाला संचालन गरिने समाजले जनाएको छ ।
५ वर्षदेखि १३ वर्ष मुनीका बालबालिकाले पाठशालामा भर्ना हुन सक्ने र पाठशालामा नेपाली, सामाजिक शिक्षा र गणिको पठनपाठन हुनेछ भने सोही समयमा योगा,नृत्य, अंग्रेजी र रोवोटिकको अध्यापन समेत हुनेछ ।
नेपाली पाठशाला संचालनका लागि सहयोग गर्न चाहने व्यक्तित्वहरुले सहयोग गर्न सक्ने बताउदैं उनले हामीले समाजलाई सहयोग गर्न चाहदा जसरी पनि गर्न सकिने भएकाले सबैंको सहयोगवाटनैं काम अघि बढ्ने बताए ।
नेपाली पाठशाला अवदेखि निशुल्क
