काठमाडौं । देशको ध्वजाबाहक वायुसेवा कम्पनी १२ वर्षपछि जापानी आकासमा पुग्दैछ ।
१२ भदौको बिहान २ बजे उड्ने नेपाल एयरलाइन्सको जहाज करीव साढे ६ घण्टाको सिधा उडानपछि जापानको ओशाका विमानस्थलमा पुग्नेछ ।
निगमले यस क्षेत्रबाट निकै ठूलो भरोसा गरेको छ । किनकी नयाँ जहाजको किस्ता तिर्न नसकेर ऋण बढिरहेको निगमले पहिलो पटक लामो दूरीको गन्तब्यमा उडान बिस्तार गर्न लगेको हो ।
ओशाका नेपाल एयरलाइन्सका लागि नयाँ गन्तब्य समेत होइन । सन् १९९४ देखि सन् २००७ सम्म चीनको सांघाईमा टान्जीट राखेर निगमले ओशाकामा जहाज उडाइसकेको छ ।
त्यसपछि विमान अभावले निगमले यो गन्तब्यबाट उडान फिर्ता लिने निर्णय गरेको थियो । निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार पहिलो महिना घाटा नै भएपनि जहाज उडाउनुको विकल्प छैन ।
त्यसपछि भने निकै राम्रो अक्कुपेन्सीमा जापानमा जहाज उड्ने उनको विश्वास छ । खासगरी दशैंमा घरमा आउने र दशैंपछि जापान फर्कने यात्रुबाट निगमले ठूलो अपेक्षा राखेको छ ।
निगमले सबै नेपालीलाई नेपाल एयरलाइन्सकै जहाजबाट बीना कुनै झण्झट सिधै नेपाल झर्न सकिने सुविधाको उपयोग गर्न समेत जापानमा रहेका नेपालीसँग आग्रह गरेको छ ।
यस रुटमा निगमले २ सय ७४ सीट क्षमताको वाइडबडी ए३३० जहाज उडाउनेछ । त्यसका लागि २५ जना पाइलटको टीम तयारी अवस्थामा रहेको निगमले उल्लेख गरेको छ ।
यस रुटमा पहिलो चरणमा प्रवद्र्धनात्मक भाडा दरका रुपमा ७५ हजार रुपैयाँ तोकिएको छ ।
अन्य वायुसेवा कम्पनीको भाडा १ लाख भन्दा माथि रहेको छ । तर, कुनै पनि कम्पनीले नेपाल देखि जापानसम्म सिध उडान गर्दैनन् ।