काठमाडौं । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई ६९ रनले हराएको छ । योसँगै तीन खेलको सिरिजमा नेपाल ए ले ‘क्लिनस्विप’को हार व्यहोरेको छ । २८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा २१५ रनमा अल आउट भयो । ओपनर अर्जुन कुमालले ११८ बलमा १४ चौकासहित १०२ रनको शतकीय इनिङ खेले । अर्जुन साउदले पनि ३६ रन बनाए । विकेटकिपर ब्याट्सम्यान अर्जुन साउदले ३० बलमा तीन छक्का र चार चौका हिर्काए । देव खनाल ११ रन बनाउँदै पेभेलियन फर्किए भने चौथो नम्बरका ब्याट्सम्यान नरेन भट्टले टोलीको खातामा १५ रन थपे । बलिङमा आयरल्यान्डका वेन ह्वाइटले ५ विकेट र गभिन होइले ४ विकेट लिए।
नेपाल ए पराजित, सिरिज आयरल्यान्डको ‘क्लिनस्विप’
