अमृता के सी ( रोनी )
चितवन, कात्तिक ३०। नेपाल जेसीजको आयोजना तथा नारायणगढ लेडि जेसीजको आतिथ्यतामा १४ औं राष्ट्रिय लेडी जेसीज एकेडेमी चितवनमा आइतबार सम्पन्न भएको छ ।

लेडी जेसिज एकेडेमीका निर्देशक कृृति गुुभाजुु शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसिज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल, नारायणगढ लेडि जेसीजकी २०२१ शाखा अध्यक्ष सम्झना प्रधान, सह संयोजक नारायणगढ लेडि जेसीजको पूर्व अध्यक्ष जेसी कृृपाराज भण्डारी लगायत नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरु, पूर्व राष्ट्रिय पदाधिकारीहरु, नेपाल भरीका शाखाका शाखा अध्यक्षहरु, प्रत्येक शाखाका कार्य समिति पदाधिकारीहरु र सदस्यहरुको उपस्थिति रहेका थियो ।

कार्यक्रममा महिलाहरुको क्षमता र व्यक्तित्व विकासका लागि तालिम तथा अभिमुुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । तालिममा प्रशिक्षण सन् १९९८ का राष्ट्रिय अध्यक्ष डा. दिपक शाक्य र नारायणगढ लेडि जेसीजको तालिम आयुुक्त २०२१ अनिता श्रेष्ठ अधिकारीले दिएका थिए। उक्त दुई दिने लेडि एकेडेमी कार्यक्रममा उपस्थित जेसीज पदाधिकारीहरु, शाखाका कार्य समिति पदाधिकारीहरु र सदस्यहरुलाई प्रमाण पत्र र प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल जेसिज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले कार्यक्रम धेरै फलदायी बताउँदै युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा नेपाल जेसिज अग्र पङ्क्तिमा रहेको बताए। साथै कार्यक्रममा सहभागी सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।


