अमृता के सी ( रोनी )
काठमाडौँ, बैशाख १६ ।
नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियनले (आधिकारिक ट्रेड युनियन) कलेजको शैक्षिक तथा अस्पताल सेवा संचालनको माग राखी ज्ञापन पत्र बुझाएको छ।अस्पताल प्रशासनलाई गम्भीर ध्यानाकर्षण गराउदैंँ नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियन ( आधिकारिक ट्रेड युनियन)का अध्यक्ष किरण के सी सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो।
पत्रमा कोरोना महामारीको समयमा अग्रस्थानमा काम गर्ने कर्मचारीहरुलाइ पटक पटक धोका, भोक-भोकै राख्ने, अपहेलना गर्ने जस्तो अमानवीय कार्य तुरुन्त रोक्न अनुरोध गरिएको छ। त्यसको साथै यदि कुनै कर्मचारीहरुलाई हाजिर गर्नबाट रोक्ने र जागीर खाइ दिने धम्कि दिएमा २४ घण्टा भित्र सम्पूर्ण प्रशासन सेवा बन्द गरि कर्मचारीहरुको हक हितको लागि जुनसुकै कदम चाल्न कर्मचारी युनियन बाध्य हुने समेत जानकारी गराएको छ ।

उक्त ज्ञापन पत्रमा नेपाल मेडिकल कलेज प्रा.लि प्रशासन बाट २०७८ साल बैशाख १५ गतेको सूचना अनुसार नेपाल मेडिकल कलेजमा कार्यरत कर्मचारीहरुलाई २०७८ बैशाख १६ गते बाटै (निषेधाज्ञाको दिन देखि) आफ्नै संचित बिदा वा बेतलबी बिदा बस्नुपर्ने भनि आधिकारिक ट्रेड युनियन संग कुनै छलफल नगरी सूचना प्रकाशित गरेकोमा उक्त कार्यको घोर भत्सर्ना नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियनले गरेको छ ।