नेपाल र अफ्रिकी मुलुक मोरिसस आज मैत्रिपूर्ण फुटबल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम र मोरिससबीच आज पहिलो मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । खेल ४ः४५ बजे सुरु हुँदैछ । नेपालले पहिलो पटक अफ्रिकन राष्ट्रिय टोलीविरुद्ध फुटबल खेल्दा जितको लक्ष्य राखेको छ । यी दुई टीमको फिफा वरियता करीव समान छ । नेपाली टीमको कप्तानी किरण चेम्जोङले पगर्दैछन् । माल्दिभ्समा व्यवसायिक फुटबल खेल्ने उनी नेपाल यसै साता नेपाल आएका थिए । पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्दा फरक अनुभव र सिकाई हुने उनको भनाई छ ।

प्रशिक्षक अलमुताइरीले जित र हार खेलको पाटो भएको भन्दै फाइटिङ स्प्रिटमा ध्यान दिइने बताएका छन् । नेपालले साफ च्याम्पियनपछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । फिफा वरीयतामा नेपाल १६९औं स्थान र मोरिसस १७२ औं स्थानमा छन् । नेपाल र मोरिससबीचको खेलमा दशरथ रंगशालको कूल क्षमताको एक तिहाइ दर्शकलाई नेपाल सरकारको कोभिड–१९ प्रोटोकल अनुसार प्रवेश अनुमति दिएको छ ।