नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल वर्षाले प्रभावित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र जिम्बाब्वे ‘ए’ बीचको पहिलो एक दिवसीय खेल वर्षाका कारण प्रभावित बनेको छ । खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजे शुरु हुने तालीका थियो । तर, बिहानबाट काठमाडौंमा परेको वर्षाका कारण खेल प्रभावित बनेको हो ।

विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग तीन एक दिवसीय र तीन टी–२० अभ्यास खेल खेल्न लागेको छ । १९ गते दोस्रो र २१ गते तेस्रो एक दिवसीय हुँदैछ । वैशाख २३ मा पहिलो टी–२०, २४ गते दोस्रो र २६ गते तेस्रो टी–२० खेल हुने तालिका छ ।