नेपाल र पपुवा न्युगिनीबीच दुई खेलको एक दिवसीय सिरिज हुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय क्रिकेट सिरिज खेल्ने भएको छ । यी दुई मुलुकबीच सेप्टेम्बर ५ र ८ तारिख (भदौ २० र २३)मा खेल हुने लागेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार यो खेलले आगामी आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिदेशीय शृङ्खलामा नेपाललाई सहयोग पुग्ने छ । सेप्टेम्बरमै नेपालले त्रिदेशीय शृङ्खला खेल्दैछ । अहिले नेपाली टीम बन्द प्रशिक्षणमा छ । यो सिरिज नेपालले पारस खड्का बीना नै खेल्ने छ । पारसले भने अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनी क्लव क्रिकेटमा भने उपलब्ध हुने छन् ।