नेपाल र यूएईले एकदीवसीय शृङ्खला खेल्ने

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने भएको छ । सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ ।

नेपाल र यूएईबीचको पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुने तालिका छ । यस्तै दोस्रो खेल नोभेम्बर १६ मा र तेस्रो तथा अन्तिम खेल नोभेम्बर १८ मा हुने क्यानले जनाएको छ । सबै खेल बिहान ९ बजेपछि सुरु हुनेछन् ।